पोखरा महोत्सवमा भोलि शान्ति श्री र मेलिना राई आउने

पाेखरा | माघ २, २०८०

पोखरा महोत्सवमा भोलि शान्ति श्री र मेलिना राई आउने

पोखरा:   पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं संस्करणको पोखरा महोत्सवमा भोलि (बुधबार) चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार र गायिका मेलिना राई आउने भएकी छिन । महोत्सवमा दिउँसोको कार्यक्रममा गायिका शान्ति श्री परियार र साँझको लाइभ ब्याण्ड तर्फ मेलिना राईको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।


शान्ति श्री संगै लोकदोहोरी कलाकारहरु जिवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, टेक क्षेत्री, लक्ष्मण सिंह ठकुरी, लिला पौडेल, सरला पाण्डे, सबिना गुरुङ, कमला सुनार लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ ब्याण्डमा मेलिना राइको प्रस्तुती रहने छ ।


महोत्सवको छैठौ दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको सहभागीता उल्लेख्य रहेको छ । त्यसैगरी कारोबार पनि बढ्दै गइरहेको आयोजकले जनाएको छ । महोत्सवमा मंगलबार रचना रिमालको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिए । रचना संगै पुरुषोत्तम न्यौपाने, जिवन दाहाल, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सुमन खड्का, परशुराम अधिकारी, केशव घिमिरे, कृष्ण गुरुङ, माया गुरुङ, दुर्गा क्षेत्री लगायतको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएभने साँझको लाइभ ब्याण्डमा श्री ३ को प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिए ।


महोत्सवमा हिमाली याक अवलोकन, घोडा सवार,  विभिन्न जातजातिको भेषभुषाको पहिरनमा तस्विर खिचाउने, भिआर नाइन डी, नेपाल टेलिकमको निशुल्क सिम वितरण, कृषि, लत्ताकपडा, घरायसी सामाग्री किन्ने दर्शकको भीड लागेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्

मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

थप पढ्नुहोस्